१६ असार २०८३, मंगलबार

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको कोठामा बस्दै आएका एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

शंकरापुर नगरपालिका–६ नाङ्लेभारेका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनामा ८ वर्षीय छोरा त्रिशल घाइते भएका छन् ।

हत्या आरोपमा विदुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।