८ असार २०८३, सोमबार

बाजुरामा एक युवकको हत्या, एक जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ ।

बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले टेकेन्द्रलाई गएराति नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।