९ असार २०८३, मंगलबार

काठमाडौं महानगर प्रहरी प्रमुखमा जोशी नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलको प्रमुखमा एसएसपी विष्णुप्रसाद जोशी नियुक्त भएका छन् ।

यसअघि कार्यवाहक नगर प्रहरी प्रमुख रहेका एसपी जोशी (वरिष्ठ उपरीक्षक) एसएसपीमा बढुवा भएसँगै नगर प्रहरी बलको प्रमुख पदमा नियुक्त भएका हुन्।

बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे।