काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शिर काटेर पार्टी एकता हुन्छ भन्ने कुरा पार्टीको हितमा नरहेको बताएका छन् ।
पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरूले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै खण्डन गरेका हुन् ।
‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन,’ अध्यक्ष ओलीले भने ।
‘विरोधीहरूबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरू र कतिपय मिडियाले समेत पार्टीकै विरोध गरे’, उनले भने, ‘पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने। पार्टीविरुद्ध भ्रम फिँजाउने। समिक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउदै कुद्ने। यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन।’








प्रतिक्रिया