४ कार्तिक २०८३, बुधबार

महोत्तरीमा गोली प्रहार गरी लुटपाटको प्रयास, श्रीमान्–श्रीमती घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका समूहसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन् ।

मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् ।

घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।