१० असार २०८३, बुधबार

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मंगलबार साँझ भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।

लामिछानेले यसअघि मंगलबार नै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।