२६ जेष्ठ २०८३, मंगलबार

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश गिरीलाई सर्वोच्चबाट पनि सफाइ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैवाहिक बलत्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने उच्च अदालत पाटनकै फैसला सदर हुने फैसला गरेको हो ।

३१ उच्च अदालत पाटनले चैत २०८१ मा न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिएको थियो भने त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते गिरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि गिरीकी पूर्वपत्नी रावल सर्वोच्च अदालतमा अनसन बसेकी थिइन् ।

बहस चलिरहँदा इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । मुद्दा दायर भए लगत्तै उनी निलम्बनमा परेका थिए भने उच्चले सफाइ दिएपछि जिम्मेवारीमा फर्केका थिए ।