२१ असार २०८३, आइतबार

एकजना सांसदले हस्ताक्षर फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीको पद जोगियो

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । एकजना सांसदले हस्ताक्षर फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद अन्तिम अवस्थामा जोगिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि उनको मुख्यमन्त्री पद जोगिएको हो । विज्ञप्ति जारी गर्दै महराले हस्ताक्षर फिर्ता लिएको जानकारी दिएकी हुन् ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो ।