१२ असार २०८३, शुक्रबार

वीरगञ्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । लिखित सम्बन्धि कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले लिखित सम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

यस्तै, झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार धरौटी माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार वीरगञ्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो ।

नगर प्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।