काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतीय भूमि मिचेको विवादित अभिव्यक्ति पुष्टि गर्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गरेका हुन्।
उनले नेपालले भारतको जग्गा मिचेको भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित पुष्टि गर्नुपर्ने बताए। उनले यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आवेगमा दिएको अभिव्यक्ति भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे।
उनले भने,‘नेपालले भारतको जग्गा कहाँ मिचेको रहेछ रुत्यो कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ । सरकारलाई गल्ति गर्ने कुनै छुट हुँदैन् । त्यसैले उ सरकार हो । उहाँले यदी आवेगमा आएर त्यो कुरा राखेको हो भने तीन करोड जनताको अगाडि माफि माग्नुपर्छ ।’








प्रतिक्रिया