३१ जेष्ठ २०८३, आइतबार

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक २५ गतेसम्मका लागि स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेठ २५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षीले वेल घेराउ गरेपछि सभामुख डीपी अर्यालले २५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षीले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् ।