काठमाडौं । विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने बताएका छन् ।
विपक्षी दलहरुसँग भएको छलफलमा विपक्षीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने साथै संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा आएर गल्ती भएको स्वीकार्नु पर्ने उनीहरूको माग छ ।
आजको लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो । तर, अझै बैठक सुरु हुन सकेको छैन ।







प्रतिक्रिया