२४ जेष्ठ २०८३, आइतबार

भाजपाको कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीको कार्यालयमा भव्य स्वागत गरिएको छ ।

हिजो नयाँ दिल्ली पुगेका लामिछाने आज भारतीय सत्तारूढ जनता पार्टीको कार्यालयमा पुगेका हुन् । लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्।

भाजपाको कार्यालयमा लामिछानेलाई भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूले भव्य स्वागत गरे । उनलाई बाजागाजासहित फूलले स्वागत गरिएको थियो ।

लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।

लामिछानेसँगै नकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि भ्रमण टोलीमा छन् ।