६ असार २०८३, शनिबार

टिकटकर तुलसालाई लगियो अदालत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ ।

हिजो उनका बकपत्र नसकिएपछि आज पुनः बाँकी बकपत्रका लागि अदालतमा पेश गरिएको हो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक चिमोरियाले तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगीको आरोप लगाउँदै जाहेरी दिएका छन् ।

लामो समयदेखि फरार रहँदै आएकी उनलाई इन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको थियो । बकपत्र सकिएमा थुनछेक बहस हुनेछ । थुनछेकपछि अदालतले आदेश दिनेछ ।