१ असार २०८३, सोमबार

लागूऔषधसहित चार जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले लागूऔषधसहित चार जना पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–९ सुनफाँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका–४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ स्कुल डाँडा बस्ने ३२ वर्षीय अभिषेक कार्की र बेलबारी नगरपालिका–२ बस्ने २९ वर्षीय नविन निरौला रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. १७ प ९१७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।