काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
मिलेमतो गरी भन्सार छलेर साढे ८ किलो सुन तस्करी गरेको आरोपमा विशेष अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
मुद्दाको थुनछेकका लागि सोमबार बिहानै महरा विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले महरासँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो।









प्रतिक्रिया