काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको दिल्ली पुगेका छन् ।
उनी भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि दिल्ली पुगेका हुन् । उनलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।
भारतमा रहँदा रविले भारतीय प्रधानमन्त्रीदेखि उच्च पदस्थ र नेपाली समाजसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
जसअनुसार भोलि बिहान ११ बजे लामिछानेले भाजपाको मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ २० गते, भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।
यसैगरी उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री एस। जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् । सभापति लामिछानेले भारतमा रहेका नेपालीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रमा रहेको छ ।
लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।








प्रतिक्रिया