६ असार २०८३, शनिबार

संसदमा भएको तोडफोडको जाँचबुझ गर्न समिति गठन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठमा भएको तोडफोडको जाँचबुझ गर्न समिति गठन गरिएको छ ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा अर्यादित, अव्यवस्थित गतिविधिसहित भौतिक हानिनोक्सानी र क्षति पुर्‍याउने कार्य भएको भन्दै जाँचबुझ समिति गठन गरेको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले आइतबारको बैठक सकिएपछि आफूले जानकारीमा पाएको र मुचुल्कासमेत तयार भएको भन्दै जाँचबुझ समिति गठन गरेको जानकारी दिएका हुन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

‘प्रतिनिधिसभाको मिति २०८३ साल जेठ १७ गतेको बैठकहरुमा सभाका केही माननीय सदस्यहरुले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानिनोक्सानी एंव क्षति पुर्‍याउने कार्य समेत रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक एंव संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँदछु,’ सभामुख अर्यालले भने ।