१८ असार २०८३, बिहिबार

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

भेटवार्तामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीहरू तथा चिनियाँ दूतावासका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।