काठमाडौं । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा सांसदहरूले प्रधानमन्त्री साहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।
आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए ।
राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक–पटक आग्रह गरे । तर, अध्यक्ष दाहालको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले उभिएरै निरन्तर अवरोध र विरोध प्रदर्शन जारी राखेपछि बैठक भोलि मंगलबार दिउँसो १ :१५ बजे बस्ने गरी स्थगित भएको छ ।








प्रतिक्रिया