काठमाडौं । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधि सभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन र तथ्य पेस गर्न माग गरेका छन् ।









प्रतिक्रिया