काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।
चार दिने भ्रमणका लागि उनी आज नेपाल एयरलाइन्सको जहाजबाट भारत प्रस्थान गरेका हुन् । लामिछानेलाई भारतीय सत्तारूढ दल भाजपाले निम्तो पठाएको थियो ।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात लामिछानजेको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा नेता तथा कूटनीतिज्ञसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।








प्रतिक्रिया