काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको विवादित अभिव्यक्ति विरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद उत्रिएका छन् । रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको तथ्य देखाउन माग गरेकी हुन् ।
नेपालले भारतीय भूमि अतिक्रमण गरेको तथ्य प्रधानमन्त्रीले पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैँभरि मलगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’








प्रतिक्रिया