काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवाद सम्बन्धमा दिएको विवादित अभिव्यक्तिले राष्ट्रिय अखण्डतामाथि चोट पुर्याएको बताएको छ ।
प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्याएको छ बताएका हुन् ।
यस्तै नेकपाले प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन र संसदको रेकर्डबाट हटाउन पनि माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा भनिँदैन। यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्म विपरीत छ । उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’








प्रतिक्रिया