काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौं आइपुगेकी छन्।
अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएकी हुन् ।
बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। रोजर्स काठमाडौंस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्नेछिन् ।








प्रतिक्रिया