४ असार २०८३, बिहिबार

बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौंडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ना ६ ख ४०४२ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो । खोलामा डुबेको ट्रक क्रेनको सहायताले गएराति नै निकालिएको थियो ।

चालकको शव चालक सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हाम फालेर ज्यान जोगाएका उनले बताए ।