१२ असार २०८३, शुक्रबार

बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने भएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तक्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए ।

शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।