२९ असार २०८३, सोमबार

सडकमा आफ्नै किताब बेचेर संसदको छुट्टी मनाउँदै महावीर पुन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुतका क्रममा संघीय संसद भवनभित्र देखिएका स्वतन्त्र सांसद महावीर पुन शनिबार अपरान्ह काठमाडौंको जोरपाटी चोकमा भेटिए ।

प्रतिनिधि सभा बैठक स्थगित भएका बेला संसद छुट्टीको सदुपयोग गर्दै महावीर आफ्नै किताब बेच्न व्यस्त देखिन्थे । आफ्नो आत्मकथा बिक्रीको अभियान चलाइरहेका उनको किताब किन्न बालबालिकादेखि वयस्कसम्मको भीड देखिन्थ्यो ।

मुसुमुसु हाँस्दै र बोल्दै किताबको प्रचार गरिरहेका उनले सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको सुनाउने गरेका छन् ।

आफै संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले साढे तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।