काठमाडौं । नेकपा (एमाले)ले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ।
नेताहरूको कार्यविभाजनसहित एमालेले ४६ पेज लामो अपानी जारी गरेको हो । एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।
अपानीमा महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। यस्तै संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णय पनि अपानीमा समावेश गरिएको छ ।
पाध्यक्ष र उपमहासचिवलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कोशिका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।
अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, यमलाल कँडेललाई कर्णाली इन्चार्ज, शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।
खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।
‘जिल्ला इन्चार्ज तोकिएका नेताहरूलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ,’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’
निर्वाचन पछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गति दिने एमालेको अपेक्षा छ । कार्य विभाजन अनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ ।
पूर्णपाठ–






















































प्रतिक्रिया