२८ जेष्ठ २०८३, बिहिबार

राजदूतका लागि आवेदन आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ ।

आवेदन माग गरेर प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्न लागिएको यो पहिलोपटक हो । मन्त्रालयले योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिनसक्ने जनाएको छ ।

मन्त्रालयले राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको लगायतको १५ वटा योग्यता निर्धारण गरेको छ ।

यी हुन् १५ योग्यता :

१. ३५ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने

२. नेपाल सरकारले मान्यता दिएको विश्वविद्यालयबाट स्नातक चाहिँ कम्तीमा पनि पास गरेको हुनुपर्ने

३. सरकारी सेवाबाट निस्काषन वा भविष्यमा अयोग्य भएको हुनुनपर्ने

४. विदेशमा अस्थायी वा स्थायी बसोबास गरेको हुन नहुने

५. भ्रष्ट्राचार वा नैतिक आचारमा अदालतले दोष देखाएको नहुनुपर्ने

६. नेपालको बहुपक्षीय तथा दुईपक्षीय कूटनीतिक क्षेत्रको अनुभव बटुलेको वा काम गरेको हुनुपर्ने

७. नियोग भएको क्षेत्रमा आफूले गर्ने काममा पोख्त भएको हुनुपर्ने

८. अंग्रेजी जान्नैपर्ने तर आफू काम गर्न चाहेको देशको भाषा पनि जाने अतिरिक्त राम्रो

९. पोस्ट हुने देशमा कुनै स्वार्थको सम्बन्ध हुनु नहुने

१०. स्वदेशी तथा विदेशी दाताले सहयोग गरेको संस्थाको जागिरे भएको हुनु नहुने

११. उच्च नैतिक चरित्र भएको हुनुपर्ने

१२. जस्तोसुकै अवस्थामा पनि काममा खटिन सक्ने

१३. नेपाल सरकार वा कुनै पनि विदेशी संस्थाबाट कालो सूचीमा भएको हुन नहुने

१४. विदेशी दाताको तलब खाएको हो भने पनि कम्तीमा दश वर्ष कुलिङ पिरियड हुनुपर्ने ।

१५. कूटनीतिक भियना सन्धिका सवालमा जानकार हुनुपर्ने