जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।
लामो समयदेखिको विवादपछि आज नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाबीच १५ बुँदे सहमति भएसँगै तीनजना मन्त्रीले शपथ लिएका हुन् ।
सहमति अनुसार कांग्रेसलाई ३, एमालेलाई र नेकपालाई ४/४ मन्त्रालय दिइएको छ । नेकपा एमालेका मोहम्मद समीरलाई भौतिक पूर्वाधार मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेकपा एमालेका लखन दासलार्य खेलकुद तथा समाज कल्याण मन्त्रालय, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, मनोजकुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कांग्रेसका नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली कांग्रेसका जंगीलाल राई यादव थिए ।









प्रतिक्रिया