२ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा । दुर्गा प्रसाईलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीस गायत्रीप्रसाद रेग्मीको इजलासले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

प्रहरीले उनलाई जेठ ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछानेलगायतको मानमर्दन गरेर टिप्पणी गरेको आरोप उनीमाथि छ ।