१६ असार २०८३, मंगलबार

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा ३८ जना घाइते

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ। घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुईजना घाइतेको अवस्था गम्भीर छ भने १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य छ। गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन्।