काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । साथै, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।









प्रतिक्रिया