२ असार २०८३, मंगलबार

दुर्गा प्रसाईं विरुद्ध पर्सामा अभियोग पत्र दायर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग पत्र दायर गरेको हो । उीनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी गरिएको छ ।

प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अभियोगमा उल्लेख छ ।

प्रसाईँलाई जेठ ४ मा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको थियो ।