३१ जेष्ठ २०८३, आइतबार

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।

अपराह्न २ः०० बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्ने लगायत कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए ।

वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।