काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
आज बिहानबाट पेट्रोलको मूल्य प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.७१ भारतीय रुपैयाँले बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । योसँगै राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० भारतीय रुपैयाँ पुगेको छ ।
यो मूल्यवृद्धि यस महिनामा चौथोपटक हो । लगातार बढ्दो मूल्यवृद्धिले आम सर्वसाधरणमा चिन्ता बढाएको छ ।








प्रतिक्रिया