सर्लाही । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ ।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्गे पुल मुनिबाट बागमती नदीमा बेपत्ता भएकामध्ये दुईजनाको शव भेटिएको हो भने तीनजना सकुशल भेटिएका हुन् ।
शव भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएका हुन् ।








प्रतिक्रिया