९ असार २०८३, मंगलबार

मकवानपुरगढीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २‚ शिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९प ३३४५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा सख्त घाइते योञ्जनलाई उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चाैंरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।