काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा जातीय छुवाछुतविरुद्धको अभियानले विरोध प्रदर्शन गरेको छ ।
जातीय छुवाछुतविरुद्धको अभियानअन्तर्गत ३५ दिनदेखि निरन्तर विरोध प्रदर्शन जारी छ । घरबेटीहरूले जातको आधारमा घर बहाल दिन अस्वीकार गर्दै विभेद गरेको भन्दै अभियानकर्ताहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘तिमी जात चिन्छौँ कि मान्छे ?’, ‘जात सोधेर घर बहाल दिने तिम्रो कस्तो मानसिकता ?’, ‘तिम्रो चेतनाले मानव चिन्दैन र ?’ लेखेका प्लेकार्डसहित विरोध गरेका छन् । अभियानले जातीय विभेद र छुवाछुत अन्त्य गर्दै समानता, मानवता र सम्मानको सुनिश्चितता गर्न माग गरेको छ ।









प्रतिक्रिया