दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ ।
आज शनिबार दिउँसो १ बजे बस्ने बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो ।
शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।









प्रतिक्रिया