३१ जेष्ठ २०८३, आइतबार

लुम्बिनीका मुख्यमन्त्री आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख मियाँबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा संघीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो । साथै, अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हो ।

भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो ।

प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेर मात्र आगामी योजना अघि बढाउन सुझाव दिए । उनले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए ।

भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।