२१ असार २०८३, आइतबार

रवि, छवि र जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति समेत रहेका रवि लामिछानेसहित सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादीहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खारेज गरेको छ ।

लामिछानेसहित गितेन्द्रबाबु राई (जीवी राई) र छविलाल जोशीविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो ।

न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो ।

अदालतको आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग निजहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मागदावी नरहेको र संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएकोले मुद्दा संशोधन गरिदिएको उल्लेख छ ।