११ असार २०८३, बिहिबार

तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् ।

राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौडने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस भएको जानकारी दिए । उनका अनुसार बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।