५ श्रावण २०८३, मंगलबार

सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका हुन् ।

आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको बाहुल्यता देखेर उनलाई निकै खिन्नता लागेको थियो ।

नेपाली हुनुको नाताले आफ्नो गौरवको शिखर आफैंले चढ्नुपर्छ भन्ने प्रेरणाले सगरमाथासम्म पुर्‍याएको उनले सुनाए ।