५ कार्तिक २०८३, बिहिबार

लागूऔषध पोलेनसहित २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लागूऔषध पोलेनसहित दुई जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय विनोद अधिकारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र विनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।