२७ जेष्ठ २०८३, बुधबार

सुनिता डंगोललाई कान्सका मेयर लिसनार्डले गरे स्वागत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ७९औँ कान्स चलचित्र महोत्सवको रेड कार्पेट कार्यक्रममा सहभागी हुनुअघि काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन्।

होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ ।

डंगोल कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन जेठ ४ गते फ्रान्स प्रस्थान गरेकी थिइन् । कान्सका मेयर लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएकी हुन् ।