३ श्रावण २०८३, आइतबार

संसदमा अर्थमन्त्रीको खोजी, बैठक स्थगित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको खोजीपछि बैठक नै स्थगित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा नआएकापछि नेकपा (एमाले)का सांसद राजेन्द्र राई रोस्टममा उभिएर विरोध जनाएपछि बैठक नै १५ मिनेटका लागि स्थगित गरिएको हो ।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए।

रोस्टममा पुगेपछि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाए।

‘प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, हामीले बोलेको अर्थ छैन,’ सांसद राईले भने, ‘अर्थमन्त्री नआउँदासम्म चुपचाप बस्छु।’ अर्थमन्त्री नआएसम्म नबोल्ने भन्दै उनी रोष्टममै उभिएर बसेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।