२४ जेष्ठ २०८३, आइतबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आ.व. २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ ।