काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद एवम् संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिनको माग गरेका हुन्।
‘पूर्वगृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ,’ उनले भने।
उनले गुरूङलाई चोख्याउन अहिलेको छानबिन समिति बनाइएको आरोप लगाए ।
उनले भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा छ।’








प्रतिक्रिया